साधना लघुवित्तको आईपीओमा १० हजारको आवेदन रद्द, कतिले दिए आवेदन ?

काठमाडौं । साधन लघुवित्तको सेयरमा कुल ४ लाख ५८ हजार ६४३ जनाले आवेदन दिएका छन् । जुन अहिलेसम्म खुलेको सबै आईपीओको भन्दा बढी हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारीअनुसार लघुवित्तको आईपीओमा ४ लाख ५८ हजार ६४३ आवेदनबाट एक अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँबराबरको एक करोड १२ लाख ५९ हजार ८५० कित्ता सेयरका लागि आवेदन परेको हो ।

कुल आवेदकमध्ये १० हजार ३१ आवेदकको तीन करोड ४३ लाख ४८ हजार रुपैयाँबराबरको तीन लाख ४३ हजार ४८० कित्ता आवेदन रद्द भएको छ । बाँकी रहेका चार लाख ४८ हजार ६१२ आवेदन मात्रै योग्य भएका छन् । त्यसमा पनि ६६ हजार १५२ जनाले मात्रै गोलाप्रथामार्फत लघुवित्तको १० कित्ता सेयर पाउने पाउनेछन् । बाँकी रहेका तीन लाख ९२ हजार ४९१ जनाको भने हात खाली हुने भएको छ ।

लघुवित्तले असार २१ गतेदेखि २४ गतेसम्म ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये १० हजार ८९० कित्ता कर्मचारी र ३५ हजार ३९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो भने बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

आईपीओ निष्कासनपछि लघुवित्तको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । लघुवित्तले आईपीओ निष्कासनपछि कायम रहने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्