ग्लोबल आइएमई बैंकका सीईओद्वारा राजिनामा

काठमाडौं , असार २५ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवर क्षेत्रीले पदबाट राजिनामा दिएका छन् । क्षेत्रीले दिएको राजिनामा पनि बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

बैंक बोर्ड श्रोतका अनुसार उनले केहि साता पहिले नै पदबाट राजिनामा दिएका थिए । पेन्डिङमा रहेको राजिनामा बोर्र्डले बिहीबारमात्रै स्वीकृत गरेको छ ।

‘तत्कालिन दुई ठूला वाणिज्य बैंक (ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल)मर्ज भएर ग्लोबल आइएमई बनेपछि क्षत्री पुँजीका आधारमा मुलुकको सबैभन्दा ठूलो बैंकको सीईओ बनेका थिए । दुई बैंकबीच मर्जर सम्पन्न गराउनमा क्षेत्रीको भूमिका पनि निकै महत्वपूर्ण मानिएको थिए ।

क्षेत्री उच्च व्यावसायिक तथा अनुभवी बैंकरका रुपमा चिनिन्छिन् । सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले राजीनामा गरेका हुन् । उनको राजिनामा स्वीकृत भएसँगै बैंकका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्बेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्