सरिता गिरीको सांसद पद चट, संसद सचिवालयद्वारा गिरी पदमुक्त भएको सूचना जारी

काठमाडौं, असार २५ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसदबाट पदमुक्त भएकी छन् ।संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको हो ।

संघीय संसद सचिवालयले समाजवादी पार्टीले दलको ‘ह्विप’ उल्लंघन गरेको आरोपमा गिरीलाई निष्कासन गरिएको जानकारी आयोगलाई दिएको थियो ।

बिहीबार संसद सचिवालयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकाशित गरेका छन् सरकारले केही समयअघि जारी नेपालको नयाँ प्रशासनिक नक्साको गिरीले विरोध गरेकी थिइन ।

उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्।

त्यस्तै, गिरीले विधेयकको विरोधमा संशोधन दर्तासमेत समेत गराएकी थिइन् ।

संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जारी सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्