चिनियाँ राजदूत सक्रिय , अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, असार २६ । पछिल्लो समय चिनियाँ राजदूतको नेपालमा भेटघाट निकै सक्रिय भइएको छ । राजदूत हउ यान्छीले पछिल्लो पटक नेपालका शिर्ष नेतासँग भेटद्धघाटलाई निकै बढाएकी छन् । यसैबीच चिनियाँ राजदूत हउ यान्छीले बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रभण्डसँग भेट गरेकी छिन् ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विवाद बढ्दै गइरहेका बेला उनले नेकपाका नेताहरूसँगको भेटलाई तीव्रता दिएका हुन् । राजदूत यान्छीले आइतबार नेकपाका नेता माधवकुमार नेपाल र मंगलबार झलनाथ खनालसँग भेट गरेकी थिइन् । त्यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेकी थिइन् ।

नेकपाभित्र अध्यक्ष दाहालसहित नेता नेपाल र खनाललगायतले प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसकेको भन्दै उनलाई राजीनामा दिन दबाब दिइरहेका छन् । विवाद बढ्दै जाँदा नेकपा फुटको संघारमा पुगिरहेका बेला चिनियाँ राजदूतको सक्रियता बढेको हो ।

पार्टी एकताले पूर्णता नपाउँदै नेकपामा विवाद विभाजनउन्मुख हुन थालेपछि राजदूत यान्छीले गत वैशाखमा पनि राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतालाई भेटेकी थिइन् । त्यसलगत्तै नेकपाभित्रको विवाद तत्काललाई शान्त भएको थियो । पछिल्लो समय नेकपा भित्रको विवाद पुनः चर्किएपछि उनको सक्रियता एकाएक बढ्न थालेको हो ।

नेपालस्थित चिनियाँ दूतावासले राजदूत याङ्छीको राजनीतिक भेटघाटका क्रममा दुई मुलुकबीचका साझा चाँसोका विषयमा छलफल भएको जनाएको छ । चिनियाँ राजदूत र दूतावासले नेपाल सरकार राजनीतिक दल विद्धत् वर्ग तथा सबै क्षेत्रका नागरिकसँग राम्रो सम्बन्ध राख्दै आएको जनाएको छ । उता भारतमा भने चिनियाँ राजदूत हउ यान्छीको भेटले संकाको घेरामा उभीएको छ । भारतीय मिडियामा तथानामका भ्रामक समाचार दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्