ठाउँ -ठाउँमा पहिरोः विपत्‌मा परेकालाई उद्धार गर्न तरुण दलको निर्देशन

काठमाडौं , असार २६ । देशका विभिन्न ठाउँमा भारी वर्षासँगै ठाउँ ठाउँमा पहिरो जान थालेको छ । आज पनि देशका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोमा कयौंको ज्यान गएको छ भने धेरै बेपत्ता भएका छन् । यस्ता विपत्मा हामी सबैले एक जुट हुन आवश्यक छ । यता नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला कार्यसमितिहरुलाई विपत्‌मा जोखिमको पूर्वानुमान गरेर सचेत रहन र अरुलाई पनि सचेत गराउन निर्देशन दिएको छ ।

अध्यक्ष जितजंग बस्‍नेतले शुक्रबार जिल्ला कार्यसमितिहरुलाई परिपत्र गर्दै विपत्‌को जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न निर्देशन दिएका हुन् ।

विपत्‌का बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रसलगायत सामाजिक संघ(संस्थाहरु एवं मातृपार्टी र अन्य भ्रातृ(संगठनसँग पनि आवश्यक समन्वय(सहकार्य गर्न पनि परिपत्रमा निर्देशन दिइएको छ । यस्ता विपत्का लागि सरकारले पनि विभिन्न कदम चाल्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्