नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित

काठमाडौं, असार २६ । नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठक सात दिनका लागि पुनः स्थगित भएको हो ।

पार्टीको आन्तरिक विवाद समाधानका लागि गृहकार्य गर्न स्थगित हुँदै आएको जारी बैठक यसपटक बाढीपहिरोले जनधनको ठूलो क्षति भएका कारण स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले आफ्नो ट्विटरमार्फत जानकारी गराएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘देशभर भइरहेको अतिवृष्टि र सिन्धुपाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केकाको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक सात दिन स्थगित ।’

पछिल्लो समय नेकपामा विवाद पनि निकै चुलीदै गएको छ । नेताहरु आ आफ्नै अडानमा रहेका छन् । यस कारण पनि बैठकको ठोस निचोड आउन नसकेको हो ।बैठक जति बसेपनि साम्य हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्