कमल वि.सि माल्दाईको नयाँ तिज गित “लुति” यूटुव ट्रेन्डिङमा (भिडियोसहित)

पार्वती पाठक, काठमाडौं, असार २६ । पछिल्लो समय सांगीतीक बजारमा तिजका गीत धमाधम  आउन थालेका छन् । कोरोनाको कहरका बिच पनि गीत भने यति बेला धमाधम आइरहेका छन् । यति बेला कलाकार गीत ल्याउनमा निकै ब्यस्त छन् ।

विभिन्न खालका आ आफ्नै तरिकारले गायक गायिकाले गीत बजारमा ल्याउन थालेका छन् । यसैबीच लोक दोहोरी गायक एवम् संचारकर्मि कमल वि.सि माल्दाईको नया तिज गित “लुति” भखरै सार्वजनिक भएको छ ।

। उक्त गीत हिजो मात्रै बजारमा आएको हो । छोटो समयमै गीतलाइ निकै रुचाएको छ। गीतले चर्चा पाउँदा यहिले यो गीत यूटुव ट्रेन्डिङ ४५ मा आईपुगेको छ । हरिमाया रायमाझिको शब्द सृर्जना एवम् विशाल रायमाझीको लय रचनामा रहेको गितमा कमल विसि र प्रतिक्षा बाग्लेको सुमधुर स्वरमा सजिएको छ ।

राजकुमार मगरको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा सागर गौतमले छायांकन र राजकुमार मगरले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियोमा एलिना रायमाझी , यादव देवकोटा ‘सरापे’ , रोहित वानिया लगायत कलाकारहरुको अभिनय रहेको छ । । गितको म्युजिक भिडियो निकै उत्कृष्ट बनेर बजारमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्