गायिका अनिता चलाउनेको यो बर्ष ‘यस्तो बनोस् मेरो तीजले चर्चा बटुल्दै (हेर्नुहोस् भिडियोसहित)

पार्वती पाठक, काठमाडौं , असार २६ । गायिका तथा संचारकर्मी अनिता चलाउनेको यो बर्ष ‘यस्तो बनोस् मेरो तीजले चर्चा बटुलीरहेको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि उनले निकै राम्रो तीज गीत बजारमा ल्याएकी छन् । उनले यो बर्ष ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीत भिडियो सहित बजारमा ल्याएकी हुन् ।

नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो आफुले बनाएको गायिका अनिताले बताइन् । उनको गीत निकै राम्रो मौलीक बोकेको मर्म शब्द सहित बनेर आएको छ । यस अगाडि ‘विदेशको पिआर छ’ बोलको गीत निकै हिट भएको थियो । र यो गीत पनि हिट हुनेमा आफु आशाबादी रहेको अनिताले आस गरेकी छन् ।

गीत बजारमा आएसँगै दर्शकको माया र प्रतिक्रिया निकै राम्रो आइरहेको छ । गीतमा बिपिन किरणको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । भिडियोमा जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा कलाकार सागर लम्सालको दमदार अभिनय रहेको छ ।

गम्भिर बिष्टको निर्देशन रहेको भिडियो निकै राम्रो बनेर बजारमा आएको छ । पछिल्लो समय सांगीतीक बजारमा तिजका गीत धमाधम आउन थालेका छन् । कोरोनाको कहरका बिच पनि गीत भने यति बेला धमाधम आइरहेका छन् । यति बेला कलाकार गीत ल्याउनमा निकै ब्यस्त छन् ।

 

प्रतिक्रिया दिनुहोस्