कोरोना हावाबाट पनि सर्न सक्ने विश्व स्वास्थ्य संगठनद्धारा स्वीकार

काठमाडौं, असार २६ । कोरोना भाइरसको संक्रमण हावाबाट पनि सर्न सक्ने बैज्ञानिकहरुको तर्कलाई विश्व स्वास्थ्य संगठन डब्ल्यु.एच.ओ ले स्वीकारेको छ ।
डब्ल्यु.एच.ओले कोरोना संक्रमितको सासबाट निस्केको हावालाई मसिनमा राख्ने गरेकाले हावाबाट सर्न नसक्ने बताउँदै आएकोमा अहिले हावाबाट पनि सर्न सक्ने स्वीकारेको हो ।

डब्ल्यु.एच.ओले केही रेष्टुराँ, जीम हलको भिडभाडमा गरिएको अध्ययनले बन्द कोठामा रहेको भाइरस पनि हावाको माध्यमबाट मानिसमा सर्न सक्ने औंल्याएको हो ।

विश्वभरका २ सय भन्दा बढी बैज्ञानिकहरुको अन्तराष्ट्रिय संगठनले यसअघी कोरोना भाइरसको संक्रमण हावाबाट पनि फैलन सक्ने दाबी गर्दै आएको थियो ।

ती बैज्ञानिकहरुको समूहले भाइरस संक्रमितहरुले सास फेर्दा, खोक्दा हावाको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्न सक्ने बताएको थियो ।

यसलाई डब्ल्यु.एच.ओले पनि पूरै अश्विकार गर्न नसकिने भन्दै अध्ययन गरिने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्