ग्लोबल आईएमई बैंकले गर्यो कर्णाली प्रदेशलाई १० लाख सहयोग

काठमाडौं , असार २६ । ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेशलाई १० लाख सहयोग गरेको छ । बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदनकुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको छ ।

बैंकले, कोरोना भाइरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएको जनाएको छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिने बैंकले जनाएको छ ।ग्लोबल आईएमई बैंक विभिन्न प्रदेशलाई सहयोग गर्दै आएको छ । बैंकले गरेको सहयोगले कोरोना रोकथाममा केहि टेवा पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्