एसिया कप क्रिकेट जुन २०२१ सम्मका लागि स्थगित

काठमाडौं, असार २६ । एसिया कप क्रिकेट जुन २०२१ सम्मका लागि स्थगित गरिएको छ । एसियन क्रिकेट काउन्सिल ९एसीसी० ले एसिया कप क्रिकेट एक वर्षसम्मका लागि स्थगित भएको घोषणा गरेसँगै जुन २०२१ सम्मका लागि स्थगित भएको हो ।

कोरोना भाइरस महामारीका कारण प्रतियोगिता जुन २०२१ सम्मका लागि स्थगित गरिएको एसीसीले पुष्टि गरेको छ । यसअघि एसिया कप क्रिकेट सेप्टेम्बरमा आयोजना हुने तय भएको थियो ।

यसअघि पाकिस्तानमा आयोजना हुने भनिएको एसिया कपको होस्टिङ राइट्स पाकिस्तान क्रिकेट बोर्डले श्रीलंका क्रिकेट बोर्डलाई सुम्पिएको थियो । अब अर्को वर्ष आयोजना हुने एसिया कप श्रीलंकामा हुनेछ ।

पछिल्लो पटक एसिया कपको आयोजना २०१८ मा युएईमा भएको थियो । सो उपाधिसहित भारतीय टीमले सातौ पटक एसिया कपको उपाधि जितेको थियो । यछिल्लो समय कोरोनाका कारण विभिन्न खेलका गतिविधि ठप्प रहेका छन् । अहिले सम्म कुने पनि खेल हुन सकेका छेनन ्।

प्रतिक्रिया दिनुहोस्