सुनको मूल्य घट्यो , आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं , असार २८ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्