एक महिनामा बाढीपहिरोसहितका विपदमा १०७ जनाको मृत्यु

काठमाडौँ , असार २८ । मनसुन सुरू भएको एक महिनामा बाढीपहिरो, चट्याङ लगायतका विपद्का घटनामा १०७ जनाको मृत्यु भएको छ ।

गएको जुन १२ अर्थात जेठ ३० गते पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन लगातार सक्रिय रहँदा देशभर बाढी, पहिरो र चट्याङले मात्रै ९५ जनाको मृत्यु भएको छ ।

यस बाहेक ९ जनाको सर्पले डसेर मृत्यु भएको छ भने ३ जनाको आगोले जलेर मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै पहिरोका कारण देशभर पछिल्लो एक महिनामा ७६ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३९ जनाको यसै साता गएका पहिरोमा मृत्यु भएको हो ।

यस्तै चट्याङ लागेर १७ जनाको मृत्यु भएको भने बाढीले बगाउँदा २ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एक महिनाभित्र पहिरोले देशभर २२९ परिवार प्रभावित भएका छन् भने बाढीले ८२ परिवार प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्