टोखाका ३ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा १५ संक्रमित थपिए

काठमाडौं , असार २८ । टोखा नगरपालिका -६, हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले गत साता समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनि उपत्यकाका विभिन्न १२ स्थानबाट एक(एक सयका दरले पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको थियो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो ।

ईडीसीडीका एक कर्मचारिका अनुसार हरियाली बस्तीबाट एक सय बढीको नमूना ल्याइ जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको छ । एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेको व्यक्ति थिए भने तीनजना हरियाली बस्तीकै बासिन्दा हुन् ।

ईडीसीडीले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्न स्थानका केसहरुलाई आधार मानी त्यस स्थानका कम्तिमा एक सयका दरले नमूना संकलन गरेको थियो।

यसैबीच काठमाडौँ महानगरपालिका वडा नं २९ डिल्लीबजार क्षेत्रबाट संकलित २०० वटा नमुनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स्थानीयमा संक्रमण भेटिन थालेपछि ईडीसीडीले समुदायमा कोरोना भाइरसको स्थिति अध्ययन गर्न पाँच दिनभित्र उपत्यकामा पाँच हजार जनाको पीसीआर परीक्षण गर्ने भएको छ। त्यसको लागि गत बिहीबारबाट स्वाब संकलनको काम सुरु भएको छ।

उता गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्