भारतमा एकैदिनमा २८ हजार ६३७ संक्रमित थपिए, अमिताभसहित परिवारका चार जनामा संक्रमण पुष्टि

काठमाडौं, असार २८ । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमितको संख्यामा भएको वृद्धि अहिलेसम्मकै उच्च देखिएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८ हजार ६३७ कोरोना संक्रमित थपिएका हुन् ।

भारतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या करिब ८ लाख ५० हजार पुगेको छ । बैंग्लोरस्थित दक्षिणी प्रविधि हबमा एक साताको लकडाउन घोषणा गरिएको छ ।

माइक्रोसफ्ट, एप्पल र अमेजनको कार्याहरु रहेको प्रविधि हबमा आइतबार लकडाउन एकसाताका लागि बढाइएको हो । उक्त लकडाउन मंगलबारदेखि लागु हुनेछ ।

उच्च जोखिम रहेका अन्य केही क्षेत्रहरुमा समेत कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएको छ ।

आइतबार ५५१ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना प्रकोप सुरु भएदेखि हालसम्म २२ हजार ६७४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा सबैभन्दा बढी कोरोना संक्रमित राजधानी नयाँदिल्ली, मुम्बई, चेन्‍नई, बैंग्लोर र पुणेमा देखिएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा रुसभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिका र त्यसपछि ब्राजिलमा छन् ।

ऐश्वर्या राय पनि कोरोना संक्रमित,
यता भारतीय अभिनेता अमिताभ बच्चनको परिवारमा चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

अमिताभका साथै छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।

परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण भए पनि अमिताभकी पत्नी जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि अमिताभले ट्विटमार्फत आफूलाई कोरोना भाइरस संक्रमणको बताएका थिए। उनी अस्पताल भर्ना भइसकेका छन्।

बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको इन्डिएन एक्सप्रेसले लेखेको छ। बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका छन्।

प्रतिक्रिया दिनुहोस्