हालसम्म ८ हजार ५८९ ले जिते कोरोना, २४ घण्टामा १४७ संक्रमणमुक्त

काठमाडौं, असार २८ । पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्