भारतमा साढे २८ हजार कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या कति ?

काठमाडौं, असार ३० । भारतमा साढे २८ हजार कोरोना संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २८ हजार चार सय ९८ संक्रमित थपिएका पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच सय ५३ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार सात सय २७ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या नौ लाख ६ हजार सात सय ५२ पुगिसकेको छ । भारतमा भाइरसबाट निको हुनेको दर ६३।२ प्रतिशत छ । -बीबीसी

प्रतिक्रिया दिनुहोस्