उच्चसतर्कतासहित काठमाडौंमा चल्न थाले यी बिजुली बस !

काठमाडौं , असार ३०। सोमबारबाट मयूर, संयक्त, महानगर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् ।

यातायात व्यवसायी कम्पनीका दुई छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् । सरकारले काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।

बस नचलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघको निर्णय अवज्ञा गर्ने क्रम मंगलबारबाट झनै बाक्लिएको छ । विभिन्न यातायात कम्पनीले अब सरकारको निर्णयअनुसार नै बस चलाउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्