नेपालले जित्यो थप २ रजत र १ काँस्य

काठमाडौं , असार ३०। प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालले थप २ रजत र १ काँस्य जितेका छ । नेपालका लागि पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत तथा अस्मिता नगरकोटीले काँस्य जितेकी हुन् ।

प्रतियोगितामा पुम्सेतर्फ १८–३९ वर्ष उमेर समूहमा पुरुषतर्फ पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जिते । महिला १५–१७ वर्ष उमेर समूहमा अस्मिता नगरकोटीले काँस्य जितिन् ।

योसहित प्रतियोगितामा नेपाली खेलाडीले १ स्वर्ण, ४ रजत र ३ काँस्य जितेको नटिएका अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए । यसअघि मधु सापकोटाले ४० वर्षमाथि स्वर्ण तथा प्रगति कुइँकेलले १३–१४ वर्ष र आयुश बोहराले १५–१७ वर्ष उमेर समूहमा रजत जितेका थिए । १०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले काँस्य हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्