जोशीपुर गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

कैलाली, असार ३० । कैलालीको जोशीपुर एक गाउँपालिकाका एकजना कर्मचारी ८५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी रहेका छन् ।मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

जोशीले सीपमूलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्