नेप्से परिसूचक ५ अंकले बढ्यो, करीब १ अर्बको कारोबार

काठमाडौं, असार ३० । साताको तेस्रो कारोबारका दिन (आज मगंलबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।

कारोबारको शुरुवातबाटै उकालो यात्रा गरेको नेप्से परिसूचक आज भने ५ अंकको हारहारीमा उकालो लागेको हो ।आज १३४४.२२ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १३४७.४५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यस दिन कारोबार भएका मध्ये बढीजसो समूह ओरालो लागे पनि लघुवित्त, होटल, वाणिज्य बैंक, जलविद्युत र सामुहिक लगानी कोष हरियो रहेसंगै नेप्से सकारात्मक रहन पुगेको हो ।
लघुवित्त समूह ६४ अंकले र होटल समूह पनि ५५ अंकले उकालो लागे ।उत्पादनमूलक, जीवन बीमा र व्यापार समूह दोहोरो अंकले घट्दा अरु भने सामान्य अंकले रातो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८६ कम्पनीको २५ लाख ६८ हजार कित्ता शेयर ९९ करोड ४५ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

आज सेन्सेटीभ सूचक पनि १.९५ अंकले बढेकोे लागेको छ । आज कारोबारका लागी आएका १४ उपसूचक मध्य ५ उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १८६ कम्पनीको २५ लाख ६८ हजार कित्ता शेयर किनबेच हुदाँ ९९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्