काठमाडौँमा आज पनि थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

 

काठमाडौं, असार ३० । नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएकोमा ११६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका ३ जना, सिराहाका एकजना, सुनसरीका एकजना र तेह्रथुमका एकजना संक्रमित भएका छन् ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १९ जना र महोत्तरीका १९ जना, नारायणी अस्पताल वीरगंज प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २ जना र धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाका एकजना र नुवाकोटका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, रौतहटका एकजना र सिन्धुलीका एकजना संक्रमित भएका छन् ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका २ जना र ओखलढुंगाका एकजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा गोरखाका एकजना, कैलालीका एकजना, काठमाडौंका एकजना, पाल्पाका एकजना, सिन्धुपाल्चोकका एकजना र सुर्खेतका एकजना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका ३ जना, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एकजना, रोल्पाका ३ जना बर्दियाका एकजना र दाङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना र पाल्पाका ४ जना, दैलेख प्रयोगशालामा दैलेखका ६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा अछामका १२ जना र जुम्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका २ जना, कंचनपुरका एकजना र कैलालीका ४ जना संक्रमित भएका छन् । योसँगै नेपालमा हालसम्म नेपालमा १७ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्ये पछिल्लो २४ घण्टामा ३४ जना सहित हालसम्म १० हजार ३२८ जना डिस्चार्ज भइसकेका छन् ।यस्तै देशभर ६ हजार ६९५ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै हाल देशभरका क्वारेन्टाइनमा २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्