टेलिकमको सिमकार्ड अभाव

काठमाडौं । बजारमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ। बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन्। टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ। गत चैत यता नै बजारमा सिमकार्ड नआएको चापागाईं ट्रेर्डसका सञ्चालक सूर्य चापागाईंले बताए।

ुवितरक कम्पनीले कोरोनाका कारण सिमकार्ड आउन ढिलो भएको जनाएका छन्ु, उनले भने। चापागाईंका अनुसार प्रिपेडको सिमकार्ड किन्न आउने प्रयोगकर्तालाई दिनदिनै फर्काउनुपरेको छ। टेलिकमको सिमकार्ड नपाएपछि प्रयोगकर्ताले अन्य दूरसञ्चार सेवा प्रदायकका सिमकार्ड किन्न बाध्य छन्। बागलुङसहित पर्वत, म्याग्दीका ुपिओएसुलाई बन्दाबन्दीपछि सिमकार्ड पठाउन नसकिएको सजिलो इन्टरप्राइजेजका सञ्चालक उषा पौडेलले बताए। एउटै ‘पिओएस’बाट ५०० देखि एक हजार ५०० सम्म सिमकार्ड माग आएको उनको भनाइ छ।

सिमकार्ड विदेशमा बनेर आउने भएकाले कोरोना र बन्दाबन्दीका कारण समयमा आउन नसकेको हो। टेलिकम कार्यालय बागलुङका वरिष्ठ इञ्जीनियर केशव शर्माले बजारमा आउने सिमकार्डका बारेमा आफूहरुलाई थाहा नहुने बताए। ुहामीले कार्यालयबाट नियमित बेच्ने सिमकार्ड त छु, उनले भने, ुबजारमा अभाव भएका भए हामीले पनि बुझ्नुपर्छ, कोरोनाका कारण आउन ढिलो भएको पनि हुनसक्छ।रासस

प्रतिक्रिया दिनुहोस्