रोल्पा नगरपालिकाका चार गाउँ सिल, चार वडामा फेरी लकडाउन गर्ने तयारी

काठमाडौं, साउन ३। रोल्पा नगरपालिकाका चार गाउँ सिल गरिएको छ । रोल्पा जिल्लको रोल्पा नगरपालिका वडा नम्बर ४ गुरुङगाउँ र वडा न। १० धवाङमा शुक्रबार १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि साबिक धवाङ गाबिसका १, २, ३ वडा र गुरुङगाउँलाई शनिबार दिउँसो १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि सिल गरिएको हो । गुरुङगाउँमा भेटिएका संक्रमित पिसिआर रिपोर्ट नआउदै लिवाङ बजार लगायतका क्षेत्रमा खुला रुपमा हिँडडुल गरेको जानकारी आएको भन्दै संक्रमण थप फैलिन नदिन धवाङ र गुरुङगाउँ सिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रोल्पामा शनिबार बिहान बसेको सर्बपक्षिय बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरि रोल्पा नगरपालिकाको बजार क्षेत्र वडा नम्बर १ , २, ३ र ४ लाई आइतबार साँझ ६ बजेदेखि पूर्ण रुपमा लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताउनुभयो ।

उक्त समयमा अत्यआबश्यक काम बाहेक घर बाहिर ननिस्कन र यदी निस्किएको अवस्थामा अनिवार्य मास्क लगाउन भनिएको छ । साथै बैंक तथा वित्तिय संस्था खुल्ला भएता पनि सेवा बन्द हुने, अत्यआवश्यक सवारी साधन बाहेक अन्य साधन सवारी पास बिना चलाउन नपाईने र स्थानीय प्रशासनले पटकपटक गरेका अपिललाई पालना गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्