ला लिगा फुटबलमा आज १० खेल हुँदै

काठमाडौं, साउन ४ । स्पेनिस ला लिगा फुटबलमा आज  राति विभिन्न १० खेल हुँदै छन् । आज ला लिगाको यो सिजनका अन्तिम खेलहरू हुन लागेका हुन् । आज हुने खेलमा लिग च्याम्पियन रियल मड्रिडले लेगानेससँग प्रतिस्पर्धा गर्दै छ ।

लेगानेसको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै रियल सिजनको सुखद अन्त्य गर्ने योजनामा छ । यता रेलिगेसन जोनमा रहेको लेगानेस आजको खेलमा जित निकाल्दै रेलिगेसन जोनबाट बच्ने योजनामा छ ।

आजै हुने अर्को खेलमा दोस्रो स्थानको बार्सिलोनाले आलाभेससँग प्रतिस्पर्धा गर्दै छ । आलाभेसको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ मा सुरु हुनेछ । सोही समयमा हुने अर्को खेलमा भिया रियलले इबरसँग खेल्दा भालाडोलिडले रियल बेटिससँग खेल्नेछ । त्यस्तै एट्लेटिको मड्रिडले रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दा ग्रानाडाले एथ्लेटिक क्लबलाई आतिथ्यता प्रदान गर्दै छ । खेल नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछन् ।

यस्तै ओसासुनाले मालोर्कासँग प्रतिस्पर्धा गर्दा लेभान्टेले गेटाफेसँग खेल्दै छ । आजै हुने अन्य दुई खेलमा स्पानियोलले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दा सेभियाले भ्यालेन्सियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्