नेपालले जित्यो आईओएफटीसीमा ४ स्वर्ण

काठमाडौं , साउन ८ । लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपमा नेपालले चार स्वर्ण जितेको छ । नेपालले ब्ल्याकबेल्टमा चार स्वर्ण, तीन रजत र १४ कास्य पदक जितेको हो ।अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप ९आईओएफटीसी० को आयोजनामा च्याम्पियनसिप भएको थियो ।

नेपालका लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक हात पारे । १३औँ दक्षिण एसियाली खेलकुद ९साग० मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । ३० वर्षको विधामा कमल पहिलो बने । जसमा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेमबहादुर लिम्सोले कास्य पदक हात पारे । जित र प्रेम १३औं सागका पनि कास्य विजेता हुन् ।

महिला ३० वर्षको इभेन्टमा पार्वती पहिलो भइन् । यसमा नेपालकै सन्जिला तिमल्सिनाले कास्य हात पारिन् । यसैगरी ७ वर्षमुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते । यसमा उनी प्रतिद्वन्द्वीविहीन थिए ।

प्रतिक्रिया दिनुहोस्