बागलुङबाट लागुऔषध सहित चार युवा पक्राउ

काठमाडौं, साउन ८ । बागलुङबाट लागुऔषध सहित चार युवा पक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध सहित चार जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१ रामरेखा र मालढुङ्गाबाट लागुऔषध सहित सुरज पौडेल, रुपेश श्रीपाली, तुफान विश्वकर्मा र प्रदिप बोहोरा रहेको प्रहरीले जनाएको छ ।

साथै पक्राउ परेका युवाको साथबाट डाइजापाम, फेनागन र नुर्फिन २४ थान बरामद गरिएको छ। उनीहरु लागुपदार्थ दुर्व्यसन र कारोवारमा समेत सक्रिय रहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। आवश्यक अनुसन्धान पश्चात आवश्यक कारवाही प्रक्रिया अघि बढाइने डिएसपी रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्