काठमाडौं भित्रिने १० हजारजनाको कोरोना परीक्षण गरिने

काठमाडौं , साउन ११ । सरकारले काठमाडौं उपत्यका भित्रिने दुई नाकामा कोरोना परीक्षणका लागि नमुना संकलन गर्नेृ भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अन्य जिल्लाबाट काठमाडांै भित्रिने नागढुंगा र साँगा नाकामै ९आज० आइतबारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको जानकारी दिए । लगभग १० हजारजनाको नमुना सकंलन गर्ने तयारी रहेको उनले बताए ।

“विभिन्न जिल्लाबाट काठमाडौ भित्रिनेको नाकामै नमुना संकलन गरेर क्वारेन्टिनमा पठाइनेछ,” उनले भने, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका टोलीले नमुना संकलन गनेछ ।”

उनका अनुसार नमुना संकलन गरेर ल्याएर काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिनेछ । “नाकामा संकलन गरिएको स्वाबमा कोरोना पोजेटिभ देखिए तुरुन्तै अस्पतालको आइसोलेन वा अन्य आइसोलेसनमा राखिनेछ भने ती संक्रमितको वडाको वरिपरिको क्षेत्रका व्यक्तिहरूको पनि कोरोना परीक्षण गरिनेछ,” उनले भने, “कोरोना नेगेटिभ देखिएमा भने अन्य मानिससँग सम्पर्क हुनु नभइ १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।”

यसअघि काठमाडौं उपत्यकामा चार हजार ८ सयको नमुना संकलन गरेर परीक्षण गर्दा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । काठमाडौं उपत्यकामा हालसम्म ४०९ जनामा कोरोना संक्रमित भेटिइसकेका छन् ।

काठमाडौंबाहिरका जिल्लाको ४० हजारको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्