कोरोना भाइरस (कोभिड–१९) बाट पथ एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं, १२ साउन । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा फेरी थप एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

भाइरसबाट बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गाैला र मस्तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७५४ जना निको भएर घर पर्केका छन् ।
घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्