नेकपा स्थायी समितिको बैठक स्थगित

काठमाडौं, १३ साउन । आज बस्ने भनिएको नेकपा स्थायी समितिको बैठक आज पलि स्थगित भएको छ । स्थायी समितिको बैठक आज बिहान ११ बजे बस्ने कुरा तय गरिएको थियो ।

पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य र छलफल गर्न बाँकी तथा पार्टी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न नसकोकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनस्र्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल लगायतले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा गर्न दवाव दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्