सीपीएलको खेल तालिका सार्वजनिक, सन्दीपको टोलीको पहिलो खेल कहिले ?

काठमाडौं, साउन १३ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने लिगको तालिका सोमबार सार्वजनिक भएको हो ।

अगस्त १८ बाट सुरु हुने सीपीएलको खेल तालिकाअनुसार सन्दीपको टोली जमैका तलावाजले अगस्त १९ मा पहिलो खेल खेल्नेछ । तालिकाअनुसार उदघाटन खेलमा ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारियर्स भिड्नेछन् ।

सेप्टेम्बर १० मा फाइनल हुने प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ । प्रतियोगिता बन्द रंगशालामा हुनेछ । यस सिजन सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर ९१ करोड ८ लाख नेपाली रुपैयाँ० मा अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्