भैरहवा विमानस्थलका पीयन ४ लाख घुससहित पक्राउ

काठमाडौँ , साउन १३ । भैरहवा विमानस्थलका पीयन ४ लाख घुससहित पक्राउ परेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी ४ लाख घुससहित पक्राउ परेकाहुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोागको टोलीले कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई घुससहित पक्राउ गरेको हो । सेञ्चुरी बैक लिमिटेड, शाखा कार्यालय भैरहवाको परिसरबाट घुस लिँदालिँदै उनीहरुलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्