नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्नेः विज्ञले भने- ‘स्थिति भयावह हुनसक्छ’

काठमाडौं , साउन १४ । लकडाउनअगाडि दुई जना संक्रमित थिए भने हाल दैनिक औसतमा सय बढीको हाराहारीमा संक्रमित देखिँदै आइरहेका छन् । सुरुका दिनहरुमा संक्रमण देश बाहिरबाट आउने जोखिम बढी थियो भने, हाल समुदायमा पुगेर फैलने डर बढी छ ।

संक्रमित देखिनेक्रम शून्यमा झरेर होइन केहि कम मात्र हुँदा सरकारले साउन ८ गतेबाट लकडाउन हटायो तर, स्वास्थ्य विज्ञहरुले यसमा अहमति जनाए । संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी लकडाउन हटाएकाले जोखिम झनै बढेको उनीहरुको तर्क छ । उनीहरूले कुनै पनि बेला कोभिड(१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् ।

लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ । ‘अहिले संक्रमित दिनहुँ देखिराखेकै अवस्था छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले भने( ‘लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने हुन्छ तर, नेपालमा ती आधार पूरा गरिएको छैन ।’

स्थिति भयावह हुनसक्ने
सरकारले सुरुमा प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने बताए पनि पछिल्ला दिन ४ हजारको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ । त्यति संख्यामा परीक्षण हुँदा डेढ सयको हाराहारीमा संक्रमित देखिनु सङ्ख्यात्मक हिसाबले धेरै भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा। बाबुराम मरासिनीको बुझाइ छ ।

यो अवस्थामा परीक्षणको दायरा र सङ्ख्या बढाउनुको विकल्प नरहेको डा। मरासिनीले बताउँछन् । ‘दैनिक १० हजारको संख्यामा परीक्षण पुर्‍याइएन भने निकै भयावह अवस्था आउनेछ,’ डा। मरासिनीले भने( ‘अबको १५(२० दिनमै नियन्त्रण गर्न गाह्रो हुने गरी सङ्क्रमण देखिनेछ ।’ सबैले स्वास्थ्य मापदण्ड पालना नगरे संक्रमण व्यापक हुने उनको तर्क छ ।

सरकारले विज्ञहरूको सहयोग नलिएकाले ‘स्थिति भयावह हुन सक्ने’ उनले दोहो(याए । यदि समुदायमा फैलियो भने हाम्रो हालत वुहान ९चीन०भन्दा पनि खराब हुनेछ । तर सरकारी अधिकारीहरू भने अहिलेसम्म समुदायस्तरमा सङ्क्रमण पुगिनसकेको दाबी गर्दै आएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले भने( ‘हामीले जुन मापदण्ड मानेर स्थानीय स्तरमा छ–छैन भन्ने यकिन गर्ने हो । त्यो हेर्दा समुदायस्तरमा देखिएको छैन ।’

मास टेस्टिङ सुरु
केही जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको छ । भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै सङ्क्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मास टेस्टिङको काम थालिएको जनाएको हो ।

विगतमा काठमाडौं उपत्यकामा गरिएको मास टेस्टिङ अहिले नाकाहरूमा थालिएको र अब छिट्टै सङ्क्रमितको सङ्ख्या बढेका जिल्लाहरूमा थालिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले बताए । सरकारले करिब ४५ हजारको मास टेस्टिङ गर्ने भन्दै काठमाडौंमा परीक्षण थालेको थियो । काठमाडौंमा ५ हजार परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण देखिएको छ ।

काठमाडौं प्रवेश गर्ने नाकाहरूमा परीक्षण गर्न भनेर दुई दिनदेखि काम सुरु भएको डा। अधिकारीले जानकारी दिए । ‘काठमाडौं प्रवेश गर्ने नाकाहरूबाट परीक्षण गर्दा कुन क्षेत्रका मानिसमा सङ्क्रमण छ भन्ने थाहा पाएर कन्ट्याक्ट ट्रेसिङ्ग गर्न सजिलो हुन्छ भनेर हामीले थालेका हौं,’ उनले भने( ‘जुन क्षेत्रका स्थास्थ्य अधिकारीबाट सङ्क्रमणको विषयलाई लिएर चिन्ता बढेका छन् ती क्षेत्रमा मास टेस्टिङ गर्ने भनेर काम थालेका छौं ।’

मास टेस्टिङ भनेको के हो ?
मानिसको सङ्ख्या धेरै र आवतजावत धेरै हुने सङ्क्रमण हुनसक्ने स्थानममा समुदायस्तरमा सङ्क्रमणको अवस्था जान्नका लागि जनसमूदायमा गरिने परीक्षणलाई मास टेस्टिङ भनिन्छ । मास टेस्टिङ यसअघि नेपालमा हुँदै आएको परीक्षणभन्दा फरक हो ।

अहिलेसम्म विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेकाको मात्रै परीक्षण गरिन्थ्यो । ‘स्थानीय स्तरमा समुदायमा संक्रमण हुनसक्ने भन्ने चिन्ता व्यक्त भएपछि ती क्षेत्रमा सङ्क्रमणको अवस्था के छ भनेर बुझ्न मास टेस्टिङ सुरु गरिएको प्रवक्ता डा। अधिकारीको भनाई छ । उनका अनुसार प्राथमिकतामा काठमाडौं, मोरङ, कास्की, बाँके, रुपन्देही, बारा, पर्सा र सप्तरी छन् ।

प्रतिक्रिया दिनुहोस्