एसईईको नतिजा एक हप्ताभित्रै, रुजु कार्य धमाधम

काठमाडौँ, साउन १४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने जनाएको छ ।

बोर्डले नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागेको हो ।

विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेकाले आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

६ चैतका लागि निर्धारित परीक्षा अन्तिम समयमा स्थगित भएको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।विद्यालयहरूले जिल्ला समन्वय इकाइमार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्