बढ्दै देउवा र पौडेल पक्षबीच विवाद , कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल गुटको भेला

काठमाडौँ, साउन १४ । महाधिवेशनको मिति नजिकिँदै जाँदा देउवा र पौडेल पक्षबीच विवाद बढ्दै गएको छ। सभापति देउवाले महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न चलखेल गरेको पौडेल पक्षले आरोप लगाउँदै आएको छ।
यसैबीच नेपाली का‌ंग्रेसको देउवा पक्षसँग असन्तुष्ट समूहको गुट भेला पार्टी कार्यालय सानेपामा आयोजना गरिएको छ।

रामचन्द्र देउवाको नेतृत्वमा अधिकांश देउवा विरोधी केन्द्रीय सदस्यहरु छलफलमा सहभागी भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

कांग्रेसले फागुन ७ मा १४ औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ। गएको फागुनमै शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल सकिए पनि एक वर्ष थप भएको छ।

प्रतिक्रिया दिनुहोस्