केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपा अध्यक्षद्वयलाई १५२ जनाको पत्र

काठमाडौं, साउन १४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् ।

एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।

पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पाछर्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’ यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ ९क० ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग छ ।

यो धाराअनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ । पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५० जनाको हस्ताक्षर छ भने धर्मनाथप्रसाद साह र लालबहादुर विकको पनि सहमति रहेको नेताहरुले बताएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मंगलबारका लागि तय गरेको स्थायी कमिटीको बैठक स्थगित गरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका बहुमत सदस्य राखेर बालुवाटारमै बैठक चलाएका थिए।

त्यसले पार्टीभित्र फरक अभ्यास भएको र विभाजनको संघारमा जाने खतरा बढेपछि विवाद समाधानका लागि केन्द्रीय कमिटीको बैठक माग गरिएको उनीहरुले बताएका छन्।असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा एजेण्डामा छलफल नै नभई पार्टीभित्र तीव्र मतभेद देखिन थालेपछि नेताहरुले पार्टी एकतालाई जोगाइराख्न भन्दै केन्द्रीय कमिटी बैठकको माग गरेका बताएका छन्।

सरकार र पार्टी सञ्चालन गर्न ओली असफल भएको भन्दै स्थायी कमिटीको बैठकमा उनको राजीनामा माग भएको छ।

आफ्नो राजीनामा माग भएपनि ओलीले नदिने अडान लिएका छन्।

प्रतिक्रिया दिनुहोस्