विराटनगरमा दुई साताका लागि लकडाउन घोषणा, तीन चिकित्सकसहित थप १० जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १६ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले कोरोनाको संक्रमण दर बढ्दै गएकाले फेरि लकडाउन गर्न बाध्‍य हुनु परेको बताए। उनले भने, ‘हामी महानगरलाई सुरक्षित राख्‍नको लागि पुनस् लकडाउन गर्दे सबैलाई घरमै सुरक्षित बस्न आग्रह गर्दछौ।’

यस्तै जिल्ला कोभिड क्राइसिस म्‍यानेजमेन्ट सेन्टर ९सीसीएमसी०को बैठकले समेत विराटनगर महानगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको छ भने शंका लागेमा परीक्षण गरान समेत अनुरोध गरेको छ।यसैबीच प्रदेश(१ को कोशी अस्पतालका थप तीनजना चिकित्सकसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोशी अस्पतालमा शंका लागेर पीसीआर टेष्ट गराउँदा चिकित्सकसहित १० जनामा कोरोना पोजिटिभ देखिएको हो।

प्रतिक्रिया दिनुहोस्