पहिरोमा परि कालीकोटमा दुईजनाको मृत्यु

काठमाडौं, साउन १६ । पहिरोमा परि कालीकोटमा दुईजनाको मृत्यु भएको छ । छुट्टाछुट्टै पहिरोमा परेर कालीकोटमा शुक्रबार दुईजनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–१, चडिपानीका ६० वर्षीय घण्टी भण्डारी र पलाँता गाउँपालिका–८, दाम्रीका २४ वर्षीय कमल रोकायको मृत्यु भएको हो ।

लेखमा घाँस काट्न जंगल जाँदै गर्दा माथिबाट पहिरो आएर भण्डारीको मृत्यु भएको प्रहरी चौकी मुम्राका प्रहरी सहायक निरीक्षक मावी चन्दले जनाए ।

त्यस्तै कुलो मर्मत गर्ने क्रममा माथिबाट पहिरो आएर रोकायको मृत्यु भएको कालीकोट प्रहरीले जनाएको छ । साथै उक्त पहिरोमा परि पुन्न र नैन रोकाय घाइते भएको इलाका प्रहरी कार्यालय थिर्पुका प्रहरी हवल्दार कर्णबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्