काठमाडौं उपत्यकामा ३८ सहित थप २२४ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो

काठमाडौँ , साउन १६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन्।काठमाडौंका ३२, भक्तपुरका १ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको हो।

यससँगै नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७६८ नमुना परीक्षणमध्ये २२४ कोरोना संक्रमित थपिएका छन्। ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नमूना परीक्षण गर्दा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ७७१ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार ३९९ पुगेको छ । उनका अनुसार १२ हजार १११ जना क्वारेन्टिनमा र पाँच हजार ३१६ जना आइसोलेशनमा रहेका छन् ।

मुलुकभर पाँच हजार ३१६ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेका संख्या ५६ जनापुगेको छ । पछिल्लो २४ घण्टामा थप चार जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्