नेपालमा कोरोनाबाट एकै दिन थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं, साउन १६ । नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप चार जनाको कोरोना मृत्यु पुष्टि भएको हो । यसअघि कोरोनाकै कारण ५२ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार मृत्यु हुने चारैजना पर्साका हुन् । प्रवक्ता गौतमका अनुसार पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्जकै ६५ वर्षीय पुरुष र वीरगन्ज स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्