सिद्धार्थ बैंकले ल्यायो यस्तो घरकर्जा योजना

काठमाडौं , साउन १६ । सिद्धार्थ बैंकले घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनाका लागि सस्तो तथा सरल किस्ता बन्दीमा घर कर्जा योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत बैंकले ग्राहकहरुलाई  ९.२५% वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । सो प्रदान गरिएको कर्जाको ब्याजदर १ वर्षसम्मका लागि स्थिर रहनेछ ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमको कर्जा योजनाहरु ल्याउँदै आएको छ भने यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्