बीमा बजारमा बढ्यो प्रतिष्पर्धा, कति थपिए नयाँ कम्पनी ?

काठमाडौं , साउन १७ । पछिल्लो समय बीमा बजारमा प्रतिस्पर्धा बढेको छ । २ वर्ष अघिसम्म बीमाको पहुँच ७ प्रतिशत नागरिकमा मात्रै सीमित थियो । अहिले २७ प्रतिशत नागरिक ९वैदेशिक रोजगार समेत० बीमाको दायरामा आएको समितिले बताउँछ ।

बीमाको पहुँच यसरी विस्तार हुनुमा नयाँ बीमा कम्पनीहरुको पनि राम्रो योगदान देखिएको छ । पछिल्लो समय भने बीमाको दायरा विस्तार हुँदै गएको बीमा क्षेत्रको नियामक निकाय बीमा समिति बताउँछ । तर नेपाली बीमा इतिहास ७ दशक लामो भए पनि बीमाको पहुँच भने अझै पनि धेरै नागरिकमा पुगन सकेको छैन ।

वर्षौदेखि बीमा बजारमा राज गरिरहेका बीमा कम्पनीहरुलाई डेढ वर्षअघि स्थापना भएका कम्पनीहरुले टक्कर दिएका छन् । चिरञ्जीवि चापागाईं बीमा समितिको अध्यक्षमा नियुक्त भएपछि १० वटा नयाँ बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिएका थिए ।

आवश्यकता नभए पछि लाइसेन्स बाँडेको भन्दै अध्यक्ष चापागाईंको आलोचना समेत भएको थियो । तर, सञ्चालनको २ वर्ष नपुग्र्दै नयाँ बीमा कम्पनीहरुको ‘परफरमेन्स’ धेरै राम्रो देखिएको छ ।
यसमा नयाँ थपिएका बीमा कम्पनीहरुको योगदान १५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । उता सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

वर्षौंदेखि सञ्चालनमा रहेका केहि कम्पनीलाई पनि कतिपय नयाँ कम्पनीहरुले बीमा शुल्क आर्जनमा टपेका छन् । गत आर्थिक वर्ष २०७६र७७ मा १९ बीमा कम्पनीहरुले ९४ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्