सुरक्षा गणमै फैलियो कोरोना, थप १७ सशस्त्र प्रहरीमा पुष्टि

काठमाडौं, साउन १७ । केही दिनयता प्रहरीमा कोरोना संक्रमण देखिन थालेको छ । काठमाडौं उपत्यकामा पनि दिनानुदिन प्रहरीमा कोरोना संक्रमण भेटन थालेको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणको अग्रभागमा रहेर काम गर्ने मध्येका सुरक्षाकर्मी पनि हुन् । तर, उनीहरु नै कोरोनाको उच्च जोखिममा परेका छन् । उता सदरमुकामस्थित सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका थप १७ जनामा कोरोना पोजिटिभ देखिएको छ । यसअघि डिएसपीसहित १० जना संक्रमित रहेको गणमा शनिबार आएको नतिजासँगै संक्रमितको संख्या २७ पुगेको हो ।

स्वास्थ्य कार्यालयले सशस्त्र प्रहरीका ४० जनाको स्वाब नमुना परीक्षणका लागि प्रदेश प्रयोगशाला पठाएको थियो । ‘रिपोर्ट पोजिटिभ आएका सबैलाई आजै ९शनिबार० मोरङको गोठगाउँस्थित आइसोलेसन लैजाने तयारी हुँदैछ,’ कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले भने, ‘फाकफोकथुम गाउँपालिकाका ११ र माइजोगमाई गाउँपालिकाका २३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।’

सशस्त्र प्रहरीका १० जनाको स्वाब नमुना परीक्षण गर्दा गत ९ गते डिएसपीसहित ५ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यही गणका १५ जनाको नमुना पठाउँदा शुक्रबार पनि ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

भारतीय सीमा क्षेत्र र विभिन्न क्वारेन्टिनहरूमा गस्तीमा खटिएका टोलीबाट गणमा कोरोना संक्रमण फैलिएको हुनसक्ने सशस्त्र प्रहरीका डिएसपी विश्व खड्काले बताए । ‘अहिले पनि गणमा थप ४० जनालाई बेग्लै राखिएको छ तर स्वाबको नमुना लिन बाँकी नै छ,’ उनले भने, ‘बेलैमा पोलिमरेज चेन्ज रियाक्सन ९पिसिआर० जाँचका लागि कीट अभाव हुँदा सबैको परीक्षण गर्न नसकेकाले संक्रमितको दर बढेको हो ।’

शुक्रबार रिपोर्ट पोजिटिभ आएका ३ जनामा कोरोनाको लक्षणसमेत देखिएको गणले जनाएको छ । गणमै आएर झापाको बिर्तामोड गएका सशस्त्र प्रहरी इन्स्पेक्टर र यहींबाट झापाको पाडाजुगीस्थित सशस्त्र प्रहरी तालिम केन्द्र गएका ३ जनामा बिहीबार कोरोना पुष्टि भएको थियो । योसँगै इलाममा संक्रमितको कुल संख्या ५७ पुगेको छ । यसरी सुरक्षामा खटिने सुरक्षार्थमा कोरोना संक्रमति भेटीन थालेको छ । पछिल्लो समय कोरोना ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्