उपत्यका छिर्ने तीनवटै नाकामा हेल्थ डेस्क राख्‍ने सरकारको तयारी

काठमाडौं , साउन १७ । सरकारले काठमाडौं उपत्यका छिर्ने तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राख्‍ने तयारी गरेको छ। उत्यकाबाहिरबाट आउने धेरैजसोमा कोरोना भाइरस (कोभिड-१९) देखिन थालेपछि यस्तो तयारी थालीएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको र नाकाबाट आउनेहरुको स्वास्थ्य निगरानी गर्नैपर्ने भएपछि हेल्थ डेस्क राख्ने तयारी गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नागढुंगा नाका, फर्पिङ नाका र भक्तपुरको साँगा भन्ज्याङ नाकामा हेल्थ डेस्क राख्ने तयारी अघि बढाएको छ।

हाल यी नाकामा कोरोना स्क्रिन मात्रै हुँदै आएको र अब हेल्‍थ डेस्क नै राख्ने तयारी भएको मन्त्रालयलका सह प्रवक्ता डा समीर अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्