डडेल्धुरामा माइक्रोबस दुर्घटना, १७ जना घाइते, दुईजनाको अवस्था गम्भीर

काठमाडौं, साउन १७ । डडेल्धुरामा माइक्रोबस दुर्घटनामा परेको छ । शनिबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

धनगढीबाट बझाङतर्फ आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेहरुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।भीमदत्त राजमार्गअन्तर्गत् जिल्लाको आलिताल गाउँपालिका–१, घण्टेश्वर मन्दिरनजिक माइक्रोबस दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्