काठमाडौं उपत्यकामा आज ६ जना संक्रमित थपिए

काठमाडौं, साउन १७ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएको बताए।

आज थपिएका संक्रमितमा काठमाडौँका ५ र भक्तपुरका १ जना रहेका छन्।योसँगै नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना पुष्टि भएको छ।प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ९९३ को पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनामुक्त भएर ९३ जना डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या १४ हजार ४९२ रहेको छ।

प्रतिक्रिया दिनुहोस्