४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, १९ साउन । कोरोना भाइरसको संक्रमितको संख्या निदप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ । यसलाई मध्यजनर गर्दै सरकारले थप सुरक्षा उपनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्