कोरोना कहरः भारतमा  गुमाए ३८ हजार ९३८ ले ज्यान

काठमाडौं, साउन २१ । भारतमा कोरोनाका कारण ३८ हजार ९३८ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ७४५ पुगेको छ ।

मंगलबार भारतमा ५२ हजार ५० कोरोना संक्रमित थपिएका छन् भने ८०३ जनाको मृत्यु भएको छ ।

लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ ।

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्