ओली र प्रचण्डबीचको आजको छलफल स्थगित, कारण यस्तो छ

काठमाडौं , साउन २१ । साँझ बस्ने भनिएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफल स्थगित भएको छ। आज पाँच बजेका लागि तोकिएको अध्यक्षद्वयको छलफल स्थगित भएको हे ।

साथै बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। पार्टीभित्रको विवादलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल निरन्तर छलफलमा छन्। तर, छलफलले कुनै निष्कर्ष दिन सकेका छैन।

ओली दाहालको साथमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुदै आएका छन्।यसअघि आइतबार, सोमबार र मंगलबार लगातार तीनदिन ओली–प्रचण्डबीच भएको छलफल स्थायी समितिको बैठकको मिति तोक्ने विषयमा सहमति नजुटेपछि विनानिष्कर्ष सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्