संयमता नअपनाए भयावह हुनसक्छ

रञ्जित धमला: 

नेपालमा नपत्याइँदो पाराले कोरोना (कोभिड १) को संक्रमण बढ्दै गएको छ । बुधबार मात्र देशका विभिन्न क्षेत्रमा आएको रिर्पोट अनुासर ३ सय ८१ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै मृतकको संख्या ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लो २४ घण्टामा ३ सय ८१ कोरोना संक्रमित थपिएका जानकारी गराए । यो सहित नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगीसकेको छ ।
बुधबार काठमाडौं उपत्यकाकामा ६२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै विगत २४ घण्टामा १ सय ३० जना कोरोनाबाट निको भई फर्किंदा हालसम्म १५ हजार १ सय ५६ जना कोरोनालाई जितेर घर फर्केका छन् ।

विगत २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण भएको थियो । हालसम्म ४ लाख १२ हजार बढीको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये काठमाडौंका ५७ र ललितपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। मंगलबार पनि उपत्यकामा ६२ जना व्यक्तिमा संक्रमण देखिएको थियो।

पछिल्लो समय उपत्यकामा संक्रमण बढिरहेको छ। आज देशभर भने ३ सय ८१ जना संक्रमित थपिएका छन् ।  हामी आफैं पनि संयम र सचेत हुन आवश्यक छ
बुधबार वीरगन्जमा एकैदिन १ सय ३३ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका छन् । पर्सामा बुधबार नै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जसमा १८ वर्षीया किशोरी र ४६ वर्षीय पुरुष छन्। युवतीको भने मृत्युपछि कोरोना पुष्टि भएको हो। उनको आइतबार बिहान नेसनल मेडिकल कलेजमा भर्ना गर्न खोज्दाखोज्दै मृत्यु भएको हो।

पछिल्लो समय वीरगन्जमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ। सोही अनुसार वीरगन्जमा परीक्षणको दायरा पनि बढाइएको छ।

स्वास्थ्य मन्त्रालयले वीरगन्जका लागि भनेर स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह नेतृत्वको उच्चस्तरीय टोली खटाएको छ। कोभिड १९ को संक्रमण रोक्न देशका १४ जिल्लामा यतिबेला आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । गृहमन्त्रालयका अनुसार १४ मध्य केहीमा जिल्लाभर र केहीमा आंशिक निषेधाज्ञा गरिएको छ।

सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा रहने गेहले जनाएको छ । भने सप्तरीमा साउन २६ गतेसम्म, बाँकेमा २४ र स्याङ्जामा २३ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा २५ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

त्यस्तै नुवाकोटको पूर्वमा बोहोरेभन्ज्याङ, पश्चिममा नयाँ चौतारा, उत्तरमा बागेश्वरी भन्ज्याङ र दक्षिणमा पोखरी डाँडा हिलेटोलसम्म निषेधाज्ञा गरिएको नुवाकोट प्रशासनले जनाएको छ ।

मोरङको बिराटनगर महानगरपालिकामा ३० गतेसम्मका लागि, महोत्तरीको सदरमुकाम आसपास (जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका) क्षेत्रमा आज साँझसम्म निषेधाज्ञा छ ।

झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि र अर्जुनधारा नगरपालिकामा भोलिसम्मका लागि निषेधाज्ञा गरिएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं। ६, ७ र ८ मा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ। बझाङको थलारा गाउँपालिका वडा नं। ५, र केदारस्युँ गाउँपालिका वडा नं। ६, ७ मा ३२ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ। दार्चुलाको मार्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

यसरी समग्र रुपमो हेर्दा कोरोनाको संक्रमण ह्वात्तै बढ्दै गएको छ । सरकारले कोरानो रोकथामलाई मध्यनजर गर्दै विज्ञहरुसंग छलफल गरेको थियो । विज्ञहरुले अवस्था हेरेर करीब २ हप्ता लकडाउन गर्न सुझाव दिएको थियो । यस सुझावलाई सरकारले कसरी लिएको छ ? त्यो भने हेर्न बाँकी छ । सरकारले समयमै संयमता अपनाई भयावह हुन सक्छ । यसको लागि हामी आफैं पनि संयम र सचेत हुन आवश्यक छ । कोरोना समुदायमा भुस जस्तै भई फैलिएको हुनसक्ने विज्ञहरुले बताइ रहेको छ । तर, सरकारले कुन अवस्थामा कस्तो किसिमको कदम चाल्ने तयारी अवस्थामा रहनु पर्छ । कोरोना नियन्त्रणको लागि आर्बौं रुपैंया खर्च भएता पनि जनतालाई प्रत्यक्ष आभास हुने गरि देखिएको छैन । जनताको पसिनाबाट जम्मा भएको रकम भ्रष्टाचार हुनुहुँदैन । यस्तो हुनु भनेको गम्भिर विषय हो । जनताको स्वास्थ्यमा खेलवाड हुनु अपराध हो । कोरोना नियन्त्रणका नाममा कसैका घर घडेरी जोड्नु झन ठूलो घात हो ।

प्रतिक्रिया दिनुहोस्